काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार निर्माणका लागि बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी…