काठमाडौँ । इजरायल र इरानबिच विकसित पछिल्लो घटनाकाबिच इजरायलमा रहेका नेपालीको अवस्था मूल्याङ्कनका लागि गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले त्यहाँस्थित नेपालीहरूसँग अन्तरक्रिया गरेको छ । दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट आयोजित अन्तरक्रियाका क्रममा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरेलमा निकै संवेदनशील अवस्था रहेको बताए । उनले भने,‘अहिले इजरायलको अवस्था पहिलेका युद्धको समयमा…