काठमाडौं । भारतका युवा ओपनर प्रियांश आर्यले सैयद मुस्ताक अली ट्रफीमा कीर्तिमानी ब्याटिङ गर्दै टी–२० क्रिकेटमा सनसनी मच्चाएका छन्। मंगलबार तमिलनाडुविरुद्ध उनले मात्र ६८ बलमा १८१ रन बनाउँदै भारतीय ब्याटिङमा नयाँ इतिहास रचेका हुन्।
आर्यले आफ्नो आक्रामक इनिङ्समा १९ छक्का र ७ चौका प्रहार गरे। यससँगै उनी टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने भारतीय ब्याटर बनेका छन्। यसअघि यो कीर्तिमान केएल राहुलको नाममा थियो। राहुलले टी–२० क्रिकेटमा १५२ रन बनाएका थिए। आर्यले उक्त कीर्तिमान २९ रनले उछिनेका हुन्।
उनले एकै इनिङ्समा १९ छक्का प्रहार गर्दै टी–२० क्रिकेटको एउटै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने विश्व कीर्तिमानसमेत बराबरी गरेका छन्। आर्यको विस्फोटक ब्याटिङको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पारेको छ। उनको यो प्रदर्शनले भारतीय घरेलु टी–२० क्रिकेटमा नयाँ कीर्तिमान मात्र बनाएको छैन, युवा ब्याटरका रूपमा उनको क्षमता पनि प्रमाणित गरेको छ।



















प्रतिक्रिया