काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि-२० विश्वकपअघि अबको तीन सातामा तयारी स्वरूप सात खेल खेल्ने भएको छ । विश्वकपको तयारीका लागि एक महिनाअघि नै प्रतियोगिता आयोजना स्थलमा पुगेको नेपाली टोलीले विश्वकपको खेल हुने तीन वटा मध्य दुईवटा मैदानमा प्रशिक्षण तथा अभ्यास खेलको अवसर पाउने भएको हो । यसै साता अमेरिकाको फ्लोरिडा पुगेको…