Logo

विश्वकप छनोट : युएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ । नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ । खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो…