Logo

खेलकुद

जित्नै पर्ने खेलमा नेपालले दियाे नेदरल्याण्डलाई १६८ रनको लक्ष्य



काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले नेदरल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ  ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा  टस हारेर  ब्याटिङको निम्ता पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो ।

जसमा कप्तान रोहित पौडेलले ३३, सन्दीप लामिछानेले २७,कुशल भुर्तेलले २७,भीम सार्कीले २२ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लोगन भान बीकले ४ तथा बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए । आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । यदी पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १६:१४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।