काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जारी दुई देशबीचको खेलमा रोचक प्रतिस्पर्धा भइरहेको छ । पहिलो हाफको खेल सकिँदा मोरक्कोविरुद्ध क्रोएसिया २–१ गोल अन्तरले अगाडि छ । क्रोएसियाका लागि खेलको सातौं मिनेटमा जस्को गार्भाडिओलले गोल गरेर टिमलाई अग्रता दिलाए…