Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनाेज प्रभाकरले दिए राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ ।

भारतीय प्रशिक्षक प्रभाकरले आजै (बिहीबार)बाट लागु हुनेगरी राजीनामा दिएको क्यानले जनाएको छ । प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरिसकिएकाे जनाएको छ ।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियाे । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेकाे भए पनि सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन् ।

प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शन गरेकाे थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको बुझिएकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १६:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।