काठमाडौं । अर्जेन्टिनि सुपरस्टार लियोनेल मेसीले नेदरल्याण्डसविरुद्धको विश्वकपको क्वाटरफाइनल खेलमा रेफ्रीले राम्रो भूमिका नखेलेको आरोप लगाएका छन् । प्रमुख रेफ्रीको भूमिका निभाएका स्पेनका रेफ्रि एन्टोनियो माटेउ लाहोजले विश्वकप जस्तो प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै आक्रोशित भएका हुन् । अर्जेन्टिना र नेदरल्याण्डसबीचको खेलमा रेफ्रीले कुल १८ पहेलो कार्ड दिएका थिए भने खेल सकिएपछि नेदरल्याण्डसका डेनजेल…