कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेलिरहेका छन्।
कतारको राजधानी दोहास्थित लुसेल स्टेडियममा जारी खेलमा नेदरल्यान्ड्सले अर्जेन्टिनासँगको खेल २-२ गोलको अवस्थामा ल्याएको छ।
खेलको इन्ज्युरी समयमा वट वेटग्रस्टले दोस्रो गोल गर्दै नेदरल्यान्डसलाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।
यसअघि ८२औं मिनेटमा उनले गोल गरेका थिए।
खेलको ७३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो।
त्यसअघि खेलको ३५औं मिनेटमा नाहुला मोलिनाले गोल गरेका थिए।
उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए। २५ खेल खेलेका मोलिनाको अर्जेन्टिनाका लागि यो नै पहिलो गोल हो।
यस खेलमा दुवै टिम एकार्कालाई हराउँदै सेमिफाइनलमा पुग्ने योजनामा हुने छन्। अर्जेन्टिना अस्ट्रेलियामाथि जित निकाल्दै अन्तिम आठमा समावेश हुँदा नेदरल्यान्ड्स अमेरिकामाथि हाबी भएको थियो।




















प्रतिक्रिया