कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा…