काठमाडौं । लिभरपुलले आफ्नो खराब लयलाई पन्छाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । लिभरपुलको १–० जितमा मोहमद सलाहले निर्णायक गोल गरे । एनफिल्डमा भएको तनावपूर्ण खेलमा लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई ‘सेन्ट अफ’ गरिएको थियो । सलाहले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई बहुमूल्य तीन अंक दिलाएका हुन् । यो नतिजाले लिग तालिकामा…