बाँके जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए …