संरक्षणको अभावमा जीर्ण बन्दै गएको भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माण नहुँदा जिल्लावासी निराश बनेका छन् । तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नभएकाले जिल्लावासीमा निराशा छाएको हो । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए पनि राज्यले उनको सम्मान गर्न नसकेको स्थानीयवासी लक्ष्मी आचार्यले बताईन् । भानुगृह खण्डहर बन्दै गएको र यसमा…