मोरङ । वैशाखयता कोशी प्रदेशको राजधानी विराटनगरस्थित जिल्ला कारागार मोरङमा रहेका १३ जना कैदीबन्दी तथा थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। विहीबार राति दुई जनाको मृत्यु भएसँगै कारागारमा रहेका कैदी तथा थुनुवाको अवस्थामा सरकारको जिम्मेवारी फितलो देखिएको हो। कारागार प्रशासनका अनुसार मृतक दुवै जनालाई फरक मुद्दामा अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाइएको थियो।…