काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकअघि सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। महासमिति बैठक सोमबार दिउँसो १ बजेबाट ललितपुरको गोदाबरीमा सुरू हुँदैछ। त्यसअघि कोइरालाले सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन्। छलफलमा जिल्ला सभापतिहरू पुष्प शाह, पदम बोगटी, चतुरबहादुर चन्द, भिम साउद, रामसिंह रावल, खड्ग बोहोरा, नरेन्द्रसिंह थापा र युवा तथा खेलकुदमन्त्री…