Logo

प्रमुख समाचार

एमाले जिल्ला अधिवेशन : कैलालीमा आज अध्यक्ष ओलीले उद्घाटन गर्ने



धनगढी । कैलाली जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अधिवेशन उद्घाटन हुने भएको छ ।

अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । जिल्लाको नेतृत्व लिन तीन पक्षबीच आन्तरिक सङ्घर्ष चलीरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका हुन् । यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लागेका छन् । आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन उनीहरूबीच रस्साकस्सी चलिरहेको छ ।

आज र भोलि सोमबारसम्म जिल्लाको सुखडमा हुने नवौँ अधिवेशनको लागि आगामी नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेबिच प्रतिस्पर्धा हुने देखिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ११:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।