Logo

मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नँ : दीपक मनाङे

पोखरा । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरूङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज गुरूङलाई विश्वासको मत नदिने बताएका छन् । उनले बिहिबार फेसबुकमा स्टाटस् लेख्दै शुक्रबार हुने मुख्यमन्त्रीको विश्वासको मतमा आफूले विपक्षमा मतदान गर्ने बताएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग दाबी पेस गर्न जाँदा सांसद मनाङेको पनि समर्थन पाएका थिए ।…