Logo

प्रमुख समाचार

बागमतीमा सभामुखका लागि कांग्रेसका अधिकारी र नेमकिपाका सायजुको मनोनयन दर्ता



हेटौंडा । बागमती प्रदेशको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।

यस्तै नेमकिपाबाट सृजना सायजुले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । नेमकिपासँग प्रदेशसभामा ३ जना मात्र सांसद छन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १३:५३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।