प्रदेश २ को नाम र राजधानीको विषयमा सत्तारुढ दलबीच नै बेमेल सुरु भएको छ । प्रदेशको नाम र राजधानीका दलीय सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वको विशेष समितिको बैठकमा सत्तारुढ दलहरू जनता समाजवादी (जसपा), कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) बीच नै मतान्तर सुरु भएको छ । प्रदेशको नामाकरणको विषयमा ती दलहरूको फरक फरक प्रस्ताव दर्ता…