Logo

प्रदेश न. १

केपी ओलीको गृह जिल्लामा नक्कली सर्टिफिकेटधारी गदाल प्रेस चौतारी झापाको अध्यक्ष चयन



झापा । पटक पटक विवादमा मुछिएका मनकुमार गदाल प्रेस चौतारी झापाको अध्यक्ष भएका छन् । नक्कली सर्टिफिकेट र महिलामाथि अभद्र व्यवहार गरेका कारण विवादित बनेकोमा गदाल प्रेस चौतारीजस्तो पदमा मनोनित हुँदा झापाका पत्रकारहरू समेत अचम्मित भएका छन् ।

उनले कार्यकक्षमा नै महिलालाई जबर्जस्ती सिन्दुर हालेर फरार भएका थिए । उनले महिलालाई अभद्र व्यवहार गरेपछि तुरुन्तै उनको बिरोध भएको थियो ।

घटना के भएको थियो ?

निर्वाचित मनकुमार गदालले एक युवतीलाई जबरजस्ती सिन्दुर हालेर बेपत्ता भएका थिए । केही वर्ष अगाडि दमकस्थित स्टार एफएमको आफ्नै कार्यकक्षमा झापा तोपगाछीकी २३ बर्षिया युवतीलाई जन्मदिनको उपहार दिन भन्दै शनिबार बिहान नौ बजे आफ्नै कार्यकक्षमा गदालले बोलाएका थिए । त्यसपछि गदालले युवतीलाई केही समय त्यही बस्न भन्दै बाहिर निस्किएर नजिकैको पसलमा सिन्दुर किनेर आफ्नो कार्यकक्षमा पुगेर युवतीलाई जबरजस्ती सिन्दुर लगाइदिएका थिए । त्यस लगत्तै गदालले युवतीको घरमा फोन गरेर तपाईँहरूकी छोरीलाई मैले सिन्दुर लगाए छोरी हराइन भनेर नआत्तिनू होला भनेर फोन समेत गरेका थिए ।

पीडित युवतीले घटना भए लगत्तै आफ्नो घर परिवारमा फोन गरेर आफुमाथि दुर्व्यवहार भएको जानकारी गराएकी थिइन् । घटना भएको केही समयमा नै युवतीका आफन्तहरु स्टार एफ एममा आइपुगेका थिए ।

आक्रोशित आफन्त तथा ती युवतीकी आमाले गदालको कार्यकक्षमा तोडफोड समेत गरेका थिए । गदाल घटना भएको एक वर्ष अघिदेखि स्टार एफएमका स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए । स्मरण रहोस, गदाल नेपाल मानव अधिकार संगठन झापाका उपाध्यक्ष समेत रहेका थिए ।

त्यसअघि एसएलसीको नक्कली सर्टिफिकेट बनाएर पत्रकार महासंघको सदस्य बनेकोमा पनि बिरोध भएको थियो । त्यतिमात्र होइन उनले त्यही सर्टिफिकेटको आधारमा सूचना विभागको परिचय पत्र र रेडियो नेपालमा समाचारदाताका रूपमा पनि काम गरेका थिए । पटक पटक विवादित बनेका गदालबाट सही र तथ्य समाचारको वकालत हुन्छ कि हुँदैन भन्ने दोधारमा झापावासी रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : १६ बजे