परीक्षा छुटेका विद्यार्थीलाई मौका दिन माग गर्दै पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थीले तालाबन्दी गरेका छन् । क्याम्पसका प्रशासन, लेखा लगायत शाखामा तालाबन्दी गरेका विद्यार्थीले माग पूरा नभए अझै कडा आन्दोलन गर्ने बताएका छन् । पब्लिक हेल्थको स्नातक तह बिपिएच पहिलो सेमेस्टरका केही विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । ती झन्डै १ सय ६० विद्यार्थी…