Logo

कोशी प्रदेश

ओखलढुङ्गा बस दुर्घटना, तीन जनाको मृत्यु, १७ घाइते



ओखलढुङ्गा जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। आज विहान ३ बजे भएका दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो। अरु १७ जना घाइते भएका छन्।

बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए।

घाइते १७ जनामध्ये पाँच जनाकोे अवस्था गम्भीर छ। गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको छ। अरु घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ।

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०४:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।