जनकपुरधाम- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौंथो पटक विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने भएपछि आज दिउँसाे १ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको छ। प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासकाे मत लिन लागेका हुन्। गत चैत ९ गते कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे।…