पछिल्लो समय बिवादमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । साइकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सम्बन्धी सम्पूर्ण कागजात जफत गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षी पार्टीको मागकाबीच राउतलाई विश्वासको मत मिलेको हो । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वैधानिक व्यवस्थाअनुसार राउतले बुधबार प्रदेशसभाबाट…