सप्तरी जिल्लामा बालिकालाई जचाउन आएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राजविराजस्थित छिन्नमस्ता अस्पतालका डा. राजन जैसवाललाई पक्राउ गरेको हो । उपचारको बहानामा डा।जैसवालले यौन दुर्व्यवहार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी…