धनुषा, लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-३ बस्ने ५० वर्षीय दिपचन्द्र यादवको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया