अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बैतडीमा आमा छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका-४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नारायण प्रसाद अधिकारीका अनुसार, घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा…