Logo

प्रमुख समाचार

बैतडीमा पहिरोले पुरिएर आमा छोराको मृत्यु



अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बैतडीमा आमा छोराको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिदा डिलाशैनी गाउँपालिका-४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नारायण प्रसाद अधिकारीका अनुसार, घरमा रहेका १२ वर्षीया छोरी सुमित्रा बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा तल्लो तलामा भएकाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार १०:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।