Logo

प्रदेश

वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेपछि…



कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथले एक महिलामाथि दुव्र्यवहार गरेका छन् । वडा नम्वर ९ ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन्।

बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोपमा प्रहरीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको छ ।

स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए । साथै इप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो । मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ०९:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।