पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मुल्य एकै दिन १६ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको हो ।
महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, शक्ति राष्ट्रहरुबीचको आन्तरिक द्धन्द्धका कारण डलरको मुल्य बढ्न जाँदा सुनको मुल्य बढेको महासंघले जनाएको छ ।
त्यस्तै दुई दिन स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।





















प्रतिक्रिया