Logo

प्रमुख समाचार

नेप्सेका सिइओ साउदले दिए राजीनामा



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएको घोषणा गरेका हुन् ।
आफूले पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दावी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि भन्दै विज्ञप्ति मार्फत राजीनामाको घोषणा गरेका छन् ।

सेयर खरिदबारे साउदले प्रष्ट्याउँदै भनेका छन्, ‘नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिइ आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर विक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ’ भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।’

बिक्री प्रस्तावका लागि स्वीकृतिको कागजात पेस गर्दा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर खरिद गर्दा भित्री सूचना प्राप्त हुने अवस्था नदेखिएको उनको जिकिर छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १७:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।