धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण पहिरोले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल छन् । पोखरा महानगरपालिकाका भुवन बराल घाइते भएका छन् ।
घाइतेको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
(रासस)





















प्रतिक्रिया