मुक्तिनाथ विकास बैंकको २०८४र८५ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचिमा परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज र बैंकका बीच ८।७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथको ऋणपत्र (डिबेन्चर) २०८४र८५ को क्रम संख्या १ देखि १२ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान डिबेन्चरको सूचिकरण गर्ने सम्झौता भएको छ ।
बैंकले सानिमा क्यापिटलमार्फत ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको हो ।





















प्रतिक्रिया