हिजो आइतबार १०८ अंकले गिरावट भएको सेयर बजार सोमबार १६२ अंकले बढेको छ। ५।७४ प्रतिशतले बजार बढेर २९८० अंक कायम भएको छ।
अर्थमन्त्री जनादर्शन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई आज फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन आग्रह दिगरेका थिए। सो समाचार बाहिरिएपछि बजार बढेको हो। फोनमा वार्ताका क्रममा गभर्नर अधिकारीले समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए।
दिनभरको उतारचढावमा नेप्से २८०५ अंकसम्म घटेको थियो। अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकले सेयर धितोमा ऋण पाउने सीमा १२ करोडको प्रतिबन्ध हटाउन सक्ने अनुमान छ। हिजोसम्म घटेका कारण पनि आज सेयर मूल्य सस्तो हुँदा एक्कासी खरिदमा चाप बढेको छ भने कारोबार रकम खुम्चिएको छ। हिजो ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब ८२ करोडमा सीमित भएको छ।
आज सबै समूह खुशी भएका छन्। बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन्।
आज कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ। ५ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतका दरले बढेको छ।
ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स,
श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।
,हिमालयन पावर, छ्याङ्दी हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपाव ,जलविद्युत लगानी तथा विकास कम्पनी, , जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, सप्तकोसी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, साङ्ग्रीला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा माइ हाइड्रोपावर, पाँचथर पावर, लुम्बिनी विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, गरिमा विकास बैंकको मूल्य पनि १० प्रतिशतले बढेको छ।
त्यस्तै अरुण भ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, जानाकी फाइनान्स, बेस्ट फाइनान्स, पोखरा फाइनान्स, शिवश्री हाइड्रोपावर, युनिभर्सल पावर, अरुणकाबेली पावर, सानिमा लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, सिइडिबी हाइड्रोपावर, आरएसडिसी लघुवित्त, मन्जुश्री फाइनान्स, बरुण हाइड्रोपावर, बुटवल पावरको मूल्य भने ९।९ प्रतिशतले बृद्दि भएको छ ।





















प्रतिक्रिया