बुधबार सेयर बजारमा सामान्य सुधार भएको छ । अघिल्लो २ दिन लगातार ओरालो लागेको सेयर बजारमा आजभने सामान्य सुधार भएको हो । आज नेप्से ९ दशमलव ३७ अंकले बढेर १५५५दशमलव ५२ बिन्दुमा रोकिएको छ । आज दिनभर कारोबारमा आएका १९४ कम्पनीको ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल समूहको उपसूचक बाहेकका सबै समूहका उपसूचकहरु बढेका छन् । त्यस्तै अरुन भ्याली हाइड्रो पावर डभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, यूनाइटेग मोदी हाइड्रोपावर , यूनियन हाइड्रोपावर र दिव्यासशोरी हाइड्रो पावरका लगानीकर्ताले कमाएका छन् ।
७ आश्विन २०७७, बुधबार १५:२१
0
Shares


















प्रतिक्रिया