Logo

बैंकिङ

ज्योति लाइफको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?



ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि आईपिओ निष्काशन गरेको हो । 

ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।   लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

 फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने भएको हो । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।

आईपिओमा हालसम्म कै बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा मंगलबार साँझ सम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट  ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १५ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । आवेदन दिने समय एक दिन बाँकि रहदै ज्योति लाइफले सो रेकर्ड तोडेको हो ।  

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।