काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवातर्फका रिक्त पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गर्ने भएको छ । बैंकले आगामी कात्तिक २७ गते दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन गर्ने जनाएको छ ।
बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको विशेष सूचनाअनुसार दरखास्त आह्वानको सूचना कात्तिक २७ गते बैंकको वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमा प्रकाशन गरिनेछ ।
बैंकले २०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका विभिन्न पदमा पदपूर्ति गर्न लागेको हो ।
कात्तिक २७ गते गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले दरखास्त आह्वानसम्बन्धी विस्तृत सूचना भने कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशन गरिने बैंकले जनाएको छ ।






















प्रतिक्रिया