बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार(QR CODE) विस्तारित गर्नेक्रममा श्री पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ QR Code को सेवा मिति २०७७ फाल्गुण २८ गते बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको हो । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख श्री रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई QR Code हस्तान्तरण गरेका छन् । ।
यस सेवाको शुभारम्भ संगै श्री पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरुले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको QR Code लाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, श्री कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुले QR Code स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै, यस बैंकद्वारा राखिएको QR Code छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने श्री सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा QR Code स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ ।
सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको QR Code स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यस संगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा QR Code राखी डिजिटल कारोबारको लागी ग्राहक महानुभावहरुलाई उत्प्रेरित गरीरहेको छ ।





















प्रतिक्रिया