लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ । सोमबार दिनभरको सरगर्मीपछि राती अबेर मात्र प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गरेको हो ।
दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय बुझेका थिए ।
जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए । एक जनाले तटस्थ बस्ने बताएका थिए ।
त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदबीच सुनाएका थिए ।





















प्रतिक्रिया