राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्पूर्ण व्यावसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।
बैंकले नयाँ तथा पुराना ग्राहकहरूको लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।
बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यावसायिक कर्जा प्रवाह गरिरहेको छ ।
बैंकले निक्षेपमा दिने ब्याजदर वृद्धि गरेको छ ।
बैंकले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी प्रिमियम दर घटाएको हो ।




















प्रतिक्रिया