मलाई जसरी नि मन्त्री बन्नु छ
गुट फेरौ कि, पार्टी फेरौ ?
नेता फेरौ कि, दल फेरौ ?
टिभीमा बोलौ कि ?
छापामा लेखौ कि ?
अनलाइनमा बोलौ कि ?
अफलाइनमा सुनाऊ कि !
हे मेरा शुभचिन्तकहरु हो !
मेरो अन्तिम इच्छा सुनाईदिनु
मलाई जसरी नि मन्त्री बन्नु छ ?
मलाई मन्त्री बन्नु छ,
कार्यकर्ताहरुलाई अघिपछि लगाउनु छ,
एउटालाई नियुक्ति दिलाउनु छ,
फौबन्जारबाट बटुल्नु छ,
धेरैलाई अघिपछि लगाउनु छ,
बैद्य, धामी, झांक्रीबाट बकाउनु छ,
गुट मजबुत बनाउनु छ,
अकुत कमाउनु छ,
त्यही पैसाले
कार्यकर्तालाई पोस्नु छ,
चुनाव लड्नु छ,
भोट किन्नु छ,
फेरी चुनाव जितेर आउनुछ,
त्यसैले,
मलाई जसरी नि मन्त्री बन्नु छ ?
नेताहरुको नारा जनसेवा !
राजनिती vs लाजनिती
हिजो सेवा आज मेवा ?
आजका नेता भन्छन,
चन्दा उठाइन कि ?
मान्छे कुटिन कि ?
बुथ क़ब्ज़ा गरिन कि ?
मतपत्र च्यातिन कि ?
नेताकालागि के गरिन ?
ढाड थापेर नदि जंघार चढाइन कि ?
दिनदिनै गणेशले झै घुमिन कि ?
मनि, मसल, मुसी पुर्याइन कि ?
यत्ती गरे पछि अव मैले पाउनु पर्यो नि
नत्र नेता त्याग्छु,
दल त्याग दिन्छु,
गुट लिएर नयां दल खोलिदिन्छु,
त्यसैले,
मलाई जसरी नि मन्त्री बन्नु छ ?
————————————-
नागर्जुन-१०, काठमाडौ ।





















प्रतिक्रिया