Logo

प्रमुख समाचार

सञ्चारमन्त्री कार्कीले गरे प्रजातन्त्रवादी लेखक अंक विमोचन



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक विमोचन गरेका छन् । शनिबार राष्ट्रिय महिला आयोगको हलमा आयोजित एक समारोहकाबीच कार्कीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह “शनै: शनै: यात्रामा”को समेत विमोचन गरिएको छ । विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताए भने स्रष्टा वियोगी बुढाथोकीलाई थुप्रै कृतिहरू प्रकाशन गर्न शुभकामना समेत दिए ।

कार्यक्रममा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको चर्चागरे ।
समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रासंग्रहको चिरफार गरेका थिए भने समीक्षक राजकुमार बानियाले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचारहरू राखेका थिए ।

प्रा.डा. कुमारप्रसाद कोइरालाले सभापतिको आशनबाट कस्ता लेखकहरूलाई प्रजातन्त्रवादी भन्ने बारेमा आफ्नो गहन टिप्पणी राखेका थिए ।
स्रष्टारसम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने र शिवपुरी सन्देशलाई पुस्तान्तरण गर्ने धोको रहेको जानकारी दिदा सभाहल भावुक बनेको थियो ।

बाबू त्रिपाठीद्वरा रोचक तरिकाबाट सञ्चालन गरिएको कार्यक्रममा १४५ स्रष्टा र साहित्यानुरागीहरूको उपस्थित थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १९:१४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।