Logo

बैंकिङ

राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै



नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । उक्त ट्रेजरी बिल २०७८ साल असोज ५ गते परिपक्क हुनेछ । 

बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल चैत्र ८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल चैत्र १० गते, मंगलबार बिक्री हुनेछ ।

Capture.PNG

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।