Logo

बैंकिङ

साताको शुरुवातदेखि सुन र चाँदीको मूल्य घट्दो क्रममा, कस्तो छ मंगलबारको दरभाउ ? 



मंगलबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । सोमबार २ सय रुपैयाँले घटेको सुन मंगलबार पुनः ३ सय रुपैयाँले ओरालो लाग्दै छापावाल सुन ८६ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

त्यस्तै तेजाबी सुन पनि सोमबार २ सय रुपैयाँले घटेको थियो । मंगलबार भने ३ सय रुपैयाँले ओरालो लाग्दै ८६ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

मंगलबार चाँदी पनि १० रुपैयाँले घटेको छ । सोमबार २० रुपैयाँले घटेको चाँदी मंगलबार १० रुपैयाँले ओरालो लाग्दै १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।