नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ४९ पैसा र विक्रीदर ११६ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ । त्यस्तै सोमबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको थियो ।
त्यस्तै १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ५१ पैसा र विक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ । एक कारोबार दिन अगाडी १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र विक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६० रुपैयाँ ०३ पैसा र विक्रीदर १६० रुपैयाँ ८७ पैसा तोकेको छ । त्यस्तै सोमबार बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६० रुपैयाँ ५८ पैसा र विक्रीदर १६१ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।
नेपाली बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २९ पैसा र विक्रीदर ३८४ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । त्यसैगरी बहराइन दिनार १ को खरिददर ३०६ रुपैयाँ ३० पैसा र विक्रीदर ३०७ रुपैयाँ ८९ पैसा तोकिएको छ । 





















प्रतिक्रिया