वीरगन्ज । मोफसलका श्रोताहरुमाझ लोकप्रिय रेडियो ‘रेडियो सान्भी’को आयोजनामा सम्पन्न ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड’ गायक तथा संगीतकार सञ्जु अमात्यले पाएका छन् । अमात्यले नेपाली गायन विधामा उक्त अवार्ड पाएका हुन् ।
रंगमञ्च हुँदै गायन, अभिनय तथा संगीतसहित मनोरञ्जन क्षेत्रका हरेक विधाहरुमा संलग्न रहेर सफल पहिचान समेत बनाएका अमात्यका दर्जनौं गीतहरु लोकप्रिय छन् । उनले नेपाली मात्र नभइ भोजपुरी तथा मैथिली भाषाका गीत संगीतमा समेत लोकप्रियता कमाएका छन् ।
भाषा जुनसुकै भएपनि श्रृजनामा नेपाली माटो मगमगाउनु पर्छ भन्ने मान्यता राखेका अमात्य विभिन्न सञ्चार संस्थाका साथै व्यवसायिक घरानाहरुमा समेत संलग्न छन् । मोफसलको भएता पनि लोकप्रिय रेडियोले आफ्नो श्रृजनाको उचित मुल्यांकन गरेर आफूलाई थप जिम्मेवारी वोध गराएको अमात्यले अनलाइनपानासँग बताए । ‘अवार्डको लागि योग्य देखेर मलाई गरिएको यो सम्मानले भोलीका दिनमा अझ उत्कृष्ट श्रृजना बजारमा दिनु पर्छ भन्ने जिम्मेवारीवोध भएको छ ।’- उनले भने ।

त्यसै गरी रेडियो सान्भीले यस वर्ष भोजपुरी गायकको अवार्ड सुनिल पण्डितलाई प्रदान गरेको छ । दीपशिखा मिश्राले उत्कृष्ट गायिकाको अवार्ड पाएकी छिन् भने भोजपूरिमा उत्कृष्ट नव गायिका अवार्ड अन्जली गुप्तालालाई प्रदान गरिको छ ।





















प्रतिक्रिया