नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठानका लागि ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले यसअघि बिक्री गरिसकेका बिलको म्याद समाप्त भएकाले नवीकरण गर्न लागेको केन्द्रीय बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार इच्छुक नेपाली नागरिक तथा बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्स खरीदका लागि सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् भने चैत्र १७ गते, मंगलबार बिल जारी हुनेछ ।
केन्द्रीय बैंकका अनुसार ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनको अवधिको, १० करोड रूपैयाँ बराबरको ९१ दिनको अवधिको र ३ अर्ब रूपैयाँ बराबरको१८२ दिनको अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
२८ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते, ९१ दिनको अवधिको ट्रेजरी बिल २०७८ साल असार १५ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।





















प्रतिक्रिया