Logo

बैंकिङ

मंगलबार पनि डलर स्थीर, यूरो घट्दा अन्य मुद्रामा भने सामान्य बढोत्तरी 



नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । यस साताको शुरुवातदेखि नै एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा नै रहेको छ । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र विक्रीदर १३६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ । सोमबार एक यूरोको खरिददर १३६ रुपैयाँ ५३ पैसा र विक्रीदर १३७ रुपैयाँ २३ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ०१ पैसा र विक्रदर १६० रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र विक्रदर १६० रुपैयाँ ३९ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९१ पैसा र विक्रीदर ३८४ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९४ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५३ पैसा तोकेको छ ।  

Capture.JPG

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।