Logo

बैंकिङ

बिहीबार सुन र चाँदी दुवै घातुको मूल्य बढ्यो, कस्तो छ आजको दरभाउ ?



बिहीबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । बुधबार तोलामा ४ सय रुपैयाँले घटेको सुन बिहीबार ९ सय रुपैयाँले उकालो लागेको छ । बिहीबार छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरकेको छ ।

एक कारोबार दिन अगाडी बुधबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

बिहीबार तोजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर ८६ हजार ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

बिहीबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।